याद हरु
आँसुले रुझेको जीवन
मुस्कुराउछ तिम्रो यादमा
मिलन नभै बीते जीवन भने
छरिदेउ फूल लाश माथी
याद राख मेरो माया
अमर रहने छ म मरेपनि
जती हाँसो उडाउ तिमी
या हजारौमा बिलाउ तिमी
तिम्रो लागि मेरो माया
अमर रहने छ म मरेपनि
(सारा ति याद हरु,
किन घाउ भएछ
चोखो माया तिम्रो सबै
आज किन बिझेछ)—२
आँसुले रुझेको जीवन
मुस्कुराउछ तिम्रो यादमा
मिलन नभै बीते जीवन भने
छरिदेउ फूल लाश माथी
याद राख मेरो माया
अमर रहने छ म मरेपनि, म मरेपनि . . . . .
–Pratha.
yo poem k timi le nai lekheko ho?
Comment by Shikchhya — April 26, 2007 @ 9:38 am