My understandings… my thoughts

September 3, 2007

Feeling of discomfort, disappointment, and insecurity caused by that blast.

Filed under: manoz

हिजो दिन भरी नै मन अशानत् रह्यो। काठमाडौं मा ३ ठाउँ मा बिश्फोट भयो भन्ने सुन्ना साथ घर फोन गर्न धेरै प्रयास गर्दा पनि लागेन र एक्जना अन्लाईन भएको साथीलाई फोन गर्न लगाएर हालखबर बुझे। नेपाल बस्दा सम्म धेरै मान्छे मरेको सुन्थे। मर्यो, मार्यो, बम पड्क्यो, लुट्यो …. एस्तै कुर धेरै सुन्न मा आउथ्यो तर कहिले मलाई एती नरमाइलो र उदासी छाएको थिएन। १९ दिन को आन्दोलन मा १३ दिन जस्तो म आँफै कलंकी म लड्न गए, आफ्नै आँखा अगाडि साथी हरु लाई गोली लागेको पनि देखे तर तेती बेला मलाई उदासि भन्दा बढी जोश आउथ्यो, रगत तात्थ्यो, झनै ढुङ्गा हान्ने जोश आउथ्यो। तर ऐले आफु त्यहाँ नभएको र मन मा अब त आफ्नो देश मा धेरै सुधार भाईसक्यो भन्ने आश बडेको ले होला, २ दिन देखी दिक्क मात्र लाग्यो। अमेरिका मा भएका सबै साथी हरु लाई फोन गरेर आफ्नो चित्त दु:खइ सुनाए, धेरै लाई normal  लागेको थियो तर मलाई एस्पाली को बिस्फोट अती नै अमानबिय र कम्जोर ममानसिक्ता को पराकास्ट लाग्यो। माओवादी ले जती मान्छे मर्यो भने पनि केही exception बाहेक सर्बसाधारण लाई target गरेर कहिले बिस्फोट गरेनन जस्तो लाग्छ (हुनत माडी को घटना बिर्सन योग्य छैन) । हिजो को घटना घोर निन्दनिय थियो, त्यो कलेज पढ्ने विद्यार्थी अनिशा को के दोश थियो र? कती मानवता भन्ने शब्द पनि नसुनेका जस्ता जङली हरु पनि हाम्रो देश मा जिबित नै छन, तिनी हरु लाई त अनुहार मा हजार पटक थुके पनि मलाई चित्त बुझ्दैन होला। कस्ता निर्दयी… ब्यस्त सडक को प्रतिक्ष्यालय मा बिस्फोट गराउन आट आउने। यि जनावर हरु सँग सरकार कहिले बार्ता नगरोस…र कडा भन्दा कडा कारबाही गरोस।






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Hadley Wickham