My understandings… my thoughts

November 2, 2007

Relieved after few panic weeks

Filed under: manoz

२ महिना भएछ ब्लग मा लेख्ने मूड नचलेको। अब कलेज सकिन १ महिना बाँकी छ भन्ने दिन देखी जागिर को पिडा ले सताउन थालेको हो, कलेज सकिएको १ महिना सम्म पनि पिडा सकिएन। Transition Phase अती नै गार्हो लाग्यो। पढ्ने बेला सम्म रमाइलो थियो। असाइन्मेन्ट गर्दा गर्दै र एक्जाम दिदा दिदै ८ महिना बितेछ। त्यो ८ महिना भन्दा यो १ महिना एकदम गार्हो लाग्यो। Thanx God  यो Phase धेरै लामो भएन, नत्र धेरै गर्हो हुने रहेछ। अस्ती job offer  गरेको दिन मेरो लागि अती नै खुशी को दिन थियो। अमेरिका मा आएर सफ्टवेर ईन्जिनियर को जागिर खन्छु होला भन्ने नेपाल हुँदा सम्म कहिले लगेको थिएन, तर ऐले Microsoft को सफ्टवेर डिजाईन ईन्जिनियर मा जागिर पाउँदा घरी घरी अचम्म लाग्छ। ऐले सम्म सबै कुरा finalize त भाको छैन, मैले officially जागिर स्टार्ट गर्न त बाँकी नै छ, तै पनि माईक्रोसफ्ट मा offer पाउँदा नै धेरै रमाइलो लाग्यो। अब सबै background check हरु मिले पछी job छिट्टै स्टार्ट हुन्छ होला अनी शायद फेरी यो ब्लग मा निरन्तर लेख्न मूड आउछ होला।

Jai Gurudev






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Hadley Wickham